धनकुटावासीले क्षेत्रीय प्रशासनमा आगो लगाए

धनकुटावासीले क्षेत्रीय प्रशासनमा आगो लगाए


काठमाडौं, ४ माघ ।

सरकारले प्रदशको अस्थाई राजधानी तोकेसँगै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । यस्तै प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने माग आन्दोलनरत्

धनकुटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।

आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

Logo