बुधबार बिहानै ३.७ रेक्टर स्केलको भूकम्प

बुधबार बिहानै ३.७ रेक्टर स्केलको भूकम्प


दार्चुला, १९ पुस । बुधबार बिहानै भूकम्पको धक्का महसुश भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकामबाट ९ किलोमिटर दक्षिण–पूर्व केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पको धक्का दार्चुला, बैतडी र बझाङका विभिन्न ठाउँमा महशुस गरिएको जनाएको छ । भूकम्पको धक्काबाट भने कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ ।

Logo