महोत्तरी,१८,पुस

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वर स्थित एक होटेलमा मध्यरात छापा मारी संचालक सहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ । "/>

मध्यरात होटलमा छापाः संचालक पक्राउ

मध्यरात होटलमा छापाः संचालक पक्राउ


महोत्तरी,१८,पुस

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वर स्थित एक होटेलमा मध्यरात छापा मारी संचालक सहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सदरमुकाम जलेश्वर स्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए । भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र ती मध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनार्इ छ ।
नयाँपत्रिकाबाट

Logo