काठमाडौं,१५, पुस

काममा ढिलासुस्ती गर्ने र सम्झौता बमोजिम समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको सट्टा उल्टै अर्को ठेक्का दिने परिपाटीका कारण मुलुकको प्रशासनिक केन्द्रमै समयमा कुनै पनि निर्माण कार्य सम्पन्न नभएको भेटिएको छ । "/>

सिंहदरबार भित्रै बेथितिलाई प्रश्रय

सिंहदरबार भित्रै बेथितिलाई प्रश्रय


काठमाडौं,१५, पुस

काममा ढिलासुस्ती गर्ने र सम्झौता बमोजिम समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको सट्टा उल्टै अर्को ठेक्का दिने परिपाटीका कारण मुलुकको प्रशासनिक केन्द्रमै समयमा कुनै पनि निर्माण कार्य सम्पन्न नभएको भेटिएको छ । देशभरको कामलाई निगरानी गर्ने सर्वोच्च प्रशासनिक केन्द्र सिंहदरबारकै सरकारी भवन निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम नसक्दा पनि कारबाहीको साटो उनीहरू अर्को ठेक्काबाट पुरस्कृत समेत गर्ने गरेको खुलासा भएको छ ।

समानान्तर निर्माण सेवा र चक्रेश्वरी निर्माण सेवाको साझेदारीमा ०७० सालमा तीन वर्ष भित्र काम सम्पन्न गर्ने गरी राष्ट्रिय सतर्कता केन्द्रको भवन निर्माण गर्ने ठेक्का दिइएको थियो । उक्त कम्पनीले सम्झौतामा उल्लेख भएको समयमा निर्माण सम्पन्न गर्न सकेन । उक्त भवन निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७०/७१ मा १३ करोड ६ लाख ९६ हजार ७५५ रुपैयाँ तिर्ने र कम्पनीले तीन वर्ष भित्र सो काम सम्पन्न गर्नु पर्ने सम्झौता भएको थियो ।

समयमा काम नभएपछि उक्त निर्माण कम्पनीले समय थप गर्न आग्रह गर्दै सिंहदरबार पुनर्निर्माण समितिमा निवेदन दियो । समितिले पनि कम्पनीको माग बमोजिम ३० जेठ ०७४ मा काम सक्नु पर्ने गरी समय थप ग¥यो । तर थप समयमा पनि कम्पनीले काम सम्पन्न गर्न सकेन । राष्ट्रिय सतर्कता केन्द्रको भवन अहिले पनि सम्पन्न नभएको समितिले जनाएको छ ।
राजधानीबाट

Logo