काठमाडौं, ११, पुस
नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । "/>

अहिले कांग्रेसमा नेतृत्व परिवर्तन गर्न जरुरी छैन : विश्वप्रकाश

अहिले कांग्रेसमा नेतृत्व परिवर्तन गर्न जरुरी छैन : विश्वप्रकाश


काठमाडौं, ११, पुस
नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल लगायतका युवाले विशेष अधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नु पर्ने आवाज उठाइरहेका बेला शर्माले नेतृत्व परिवर्तनको खुलेर विरोध गरेका छन् ।

सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पार्टीले लज्जास्पद हार बेहोरेको एकथरी नेताले आरोप लगाइरहेका बेला विश्वप्रकाश भने त्यसको विपक्षमा उभिएका हुन् । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले कुल १६५ सिटमा २३ सिट मात्र जितेको छ । युवा नेता शर्माले निर्वाचनमा पराजित भएको अवस्थामा नेतृत्व परिवर्तन भन्दा पार्टीलाई आधुनिक बनाउन जरुरी रहेको बताए । उनले भने, ‘अहिले नेतृत्व परिवर्तन गर्न जरुरी छैन ।’
अन्नपूर्णपोस्टबाट

Logo