बालेन सरकारमा सुधन गुरुङ र महावीर पुनको वरियता कति ?

बालेन सरकारमा सुधन गुरुङ र महावीर पुनको वरियता कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजन र वरियताक्रम तोकेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा नयाँ नियुक्त भएका मन्त्रीहरूमध्ये सुधन गुरुङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलसमक्ष संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालय आफैँसँग राखेका छन् भने वरियताको दोस्रो स्थानमा रहेका डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारीमा छन् ।

प्रधानमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद्को पूर्ण वरियताक्रम-

१. श्री बालेन्द्र शाह – प्रधानमन्त्री (रक्षा)
२. डा. स्वर्णिम वाग्ले – मन्त्री (अर्थ)
३. श्री शिशिर खनाल – मन्त्री (परराष्ट्र)
४. श्री बिराज भक्त श्रेष्ठ – मन्त्री (ऊर्जा, जलस्रोत तथा सिँचाइ)
५. श्री सुधन गुरुङ – मन्त्री (गृह)
६. श्री सुनिल लम्साल – मन्त्री (पूर्वाधार विकास)
७. श्री सोविता गौतम – मन्त्री (कानून, न्याय तथा संसदीय मामिला)
८. श्री महावीर पुन – मन्त्री (विज्ञान, प्रविधि तथा नवप्रवर्तन)
९. श्री सीता बादी – मन्त्री (महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा)
१०. श्री प्रतिभा रावल – मन्त्री (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन)
११. श्री निशा मेहता – मन्त्री (स्वास्थ्य तथा खाद्य स्वच्छता)
१२. श्री सस्मित पोखरेल – मन्त्री (शिक्षा तथा खेलकुद)
१३. श्री खडक राज पौडेल – मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
१४. डा. विक्रम तिमिल्सिना – मन्त्री (सूचना तथा सञ्चार)
१५. श्री गीता चौधरी – मन्त्री (कृषि, वन तथा वातावरण)
१6. श्री गौरी कुमारी – मन्त्री (उद्योग, वाणिज्य तथा आपूर्ति)
१७. श्री रामजी यादव – मन्त्री (युवा, श्रम तथा रोजगार)

Logo