रसुवा ,८, मंशिर

चीनसँगको व्यापारिक नाका रसुवागढी ७२ घण्टाको लागि बन्द गरिएको छ । निर्वाचन आउन तीन दिन बाँकी रहँदा हिजो राति १२ बजे देखि नाकामा शिल लगाइएको हो । "/>

चुनावका लागि रसुवागढी नाका ७२ घण्टा बन्द

चुनावका लागि रसुवागढी नाका ७२ घण्टा बन्द


रसुवा ,८, मंशिर

चीनसँगको व्यापारिक नाका रसुवागढी ७२ घण्टाको लागि बन्द गरिएको छ । निर्वाचन आउन तीन दिन बाँकी रहँदा हिजो राति १२ बजे देखि नाकामा शिल लगाइएको हो ।निर्वाचनको समयमा अन्य देशसँग सीमा जोडिएका जिल्लाका सीमानाका बन्द गरिने नियम अनुसार रसुवागढी नाका बन्द गरिएको हो ।  सुरक्षा अबस्थालाई मध्यनजर गर्दै सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । निर्वाचन गतिविधिमा अबरोध पु¥याई सीमा पार गरि चीन तर्फ जान सक्ने भएकाले नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । नाका बन्द हुने भएपछि सामग्री लिन गएका कन्टेनर नेपाल फर्किएका छन् भने जाने तयारीमा रहेका कन्टेनर रसुवाको धुन्चे, स्याफ्रु, टिमुरे लगायतका क्षेत्रमा रोकिएका छन् ।
नागरिकबाट

Logo