दोलखा,४,मंशिर

स्वदेशी लगानीको सबै भन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ। "/>

माथिल्लो तामाकोशी आयोजना सुरुङ मार्गको ‘ब्रेक थ्रु’

माथिल्लो तामाकोशी आयोजना सुरुङ मार्गको ‘ब्रेक थ्रु’


दोलखा,४,मंशिर

स्वदेशी लगानीको सबै भन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ। आयोजनाको बाँधस्थल लामावगर र गोंगर दुवै तर्फबाट ७ बर्ष अघि खन्न सुरु गरिएको ८.४ किलोमिटरको मुख्य सुरुङमार्ग पुरा भए सँगै ‘ब्रेक थ्रु’ को उत्सव मनाईएको दिनलाई अधिकारीहरुले आयोजनाको निर्माण चरण मध्येको एउटा महत्वपूर्ण सफलता भनेका छन्।

जमिन भित्रको प्रकृतिसँग जुधेर भुगोल, नाप, लगायत सबै मिलाउनु पर्ने कठिन कार्यका कारण दुई तर्फबाट खन्दै लगिएको सुरुङ बाधा अवरोध विनै बिचमा छेडिएर पुरा हुने कार्यलाई ठुलो सफलताको रुपमा मानिने भएकाले यसरी दुवै तर्फबाट खन्दै लगिएको सुरुङ भेटिएर पुरा हुने कामलाई ‘ब्रेक थ्रु’ भनिन्छ।  ब्रेक थ्रु उत्सव मनाए लगतै आयोजनाले आफ्ना कामको प्रगती विवरण सुनाउदै ९२ प्रतिशत काम पुरा भएको घोषणा गरेको छ। आगामी २०७५ को पुस महिना भित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेका आयोजनाले जनाएको छ । हाल सम्म १७.९ मिटर सुरुङ निर्माणका कामहरु पुरा भएको आयोजनामा अब ९ सय २० मिटरको साना सुरुङहरु बनाउन बाँकी रहेको आयोजनाका प्रवक्त गणेश न्यौपानेले जानकारी दिए।

०६७ सालबाट सुरु भएको आयोजना ०७२ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो। ०७२ को भुकम्प र नाकाबन्दीका कारण धकेलिएको आयोजना आगामी बर्षको पुस भित्र सम्पन्न हुने दाबी अधिकारीहरुले गरेका छन्।
नागरिकबाट

Logo