बागी उम्मेदवार फिर्ता लिन एमालेको चेतावनी, के गर्लिन कोमल ओलीले ?

बागी उम्मेदवार फिर्ता लिन एमालेको चेतावनी, के गर्लिन कोमल ओलीले ?


केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक । 

नेकपा एमालेले बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवार फिर्ता लिन सचेत गराएको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले शनिबार विज्ञप्ति मार्फत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार दिएकालाई फिर्ता लिन आग्रह गरेका छन ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा पार्टी निर्णयको बिरद्धमा कसैले कदम चाले वा अघि बढे बिधान अनुसार कारबाही हुने जनाएको छ ।

Logo