काठमाडौँ, १०, कात्तिक
कानुनलाई अटेर गरी नक्कली कागजात बनाई विदेश पठाउन सक्रिय म्यानपावर कम्पनीलाई कारबाही गर्न संवैधानिक निकायले दिएको निर्देशनलाई वैदेशिक रोजगार विभागले बेवास्ता गरेको छ । "/>

वैदेशिक रोजगार विभागद्वारा अख्तियारको निर्देशन अवज्ञा

वैदेशिक रोजगार विभागद्वारा अख्तियारको निर्देशन अवज्ञा


काठमाडौँ, १०, कात्तिक
कानुनलाई अटेर गरी नक्कली कागजात बनाई विदेश पठाउन सक्रिय म्यानपावर कम्पनीलाई कारबाही गर्न संवैधानिक निकायले दिएको निर्देशनलाई वैदेशिक रोजगार विभागले बेवास्ता गरेको छ । संवैधानिक निकायले दिएको निर्देशन सरकारी निकायले कानुन सरह लागू गर्नुपर्ने व्यवस्था भए पनि विभागले अटेर गरी बस्दा अहिले सो फाइल नै गायब भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ वटा म्यानपावर कम्पनीलाई कारबाहीका लागि निर्देशन दिए पनि विभागले गत दुई वर्ष सम्म कारबाही नगरी उन्मुक्ति दिएको आरोप लागेको छ । अख्तियारको निर्देशनपछि विभागले अनुसन्धान सुरु गरेको भनेको पनि एक वर्ष बितिसकेको छ तर ६५ म्यानपावर कम्पनीलाई कुनै कारबाही गरेको छैन । नक्कली कागजात बनाई ठगी गर्ने धन्दामा ६५ म्यानपावर कम्पनी संलग्न रहेको प्रमाण सहित आयोगले कारबाहीका लागि दुई वर्ष अघि असारमा विभागलाई निर्देशन दिएको थियो । जसमध्ये १८ म्यानपावरले नक्कली कागजात बनाएको र ४७ म्यानपावरले सही विवरण पेस नगरेको उल्लेख गरिएको थियो ।

कागजात सदर भएका १८ म्यानपावर विरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएको थियो भने ती १८ म्यानपावर सहित कुल ६५ लाई वैदेशिक रोजगार ऐनबमोजिम कारबाहीका लागि विभागलाई निर्देशन दिएको थियो । अख्तियारले अनुसन्धान सुरु गरेको ६ महिनामै मुद्दा टुंग्याएको थियो । तर विभागले अख्तियारले पुष्टि गरिसकेको कागजात आधार मानेर कारबाही समेत गरेको छैन । ऐनबमोजिम म्यानपावर कम्पनी माथि कामदार ठगी धन्दामा कारबाही गर्ने अधिकार विभागलाई मात्र रहेको छ । यता म्यानपावर एजेन्सीको अनुसन्धान नटुंगिएको र नक्कली कागजात हो, होइन भन्ने प्रमाणीकरण गर्नुपर्ने भएकाले कारबाहीका लागि केही समय लाग्ने विभागको दाबी छ ।
आर्थिक दैनिकबाट

Logo