काभ्रेका सिडिओ पोखरेललाई कोरोना, एक हप्तासम्म कार्यालय बन्द

काभ्रेका सिडिओ पोखरेललाई कोरोना, एक हप्तासम्म कार्यालय बन्द


काभ्रे।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले दिएको जानकारी अनुसार कोरोना संक्रमित पोखरेल अहिले होम आइसोलेसनमा छन् ।

प्रमुख जिल्ला अधिकारीलाई संक्रमण भएको र अन्य कर्मचारीमा पनि संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । कार्यालयले एक विज्ञप्ती जारी गरि यसको जानकारी दिएको हो ।

पछिल्लो तथ्यांक अनुसार जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६८३ पुगेको छ । संक्रमित मध्ये १ हजार १४९ जना निको भएका छन् । जिल्लामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

 

Skip This
Logo