रौतहट,९, असोज
रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। "/>

काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या

काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या


रौतहट,९, असोज
रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३ः३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो। पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लगिएको थियो । बिहान करिब ४ बजे बाटोमै उनको मृत्यु भयो। गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानेको हो। किन गोली चलाएको खुल्न सकेको छैन। पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नागरिकबाट

Logo