एजेन्सी : फिलिपिन्सको मनिलाकी २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओ दैनिक १२ घण्टा काम गर्छिन् । तर यात्रुहरु उनको कामभन्दा बढी रुपसँग प्रभावित छन् ।
उनीको ट्याक्सीमा चढेपछि यात्रुहरु फोटो खिच्छन् र त्यसलाई सामाजिक सञ्जालमा अपलोड गर्छन् । धेरैले ट्याडिओलाई संसारकै सेक्सी ट्याक्सी ड्राइभर भन्न रुचाएका छन् । उनको फोटो सामाजिक सञ्जालमा भाइरल छ ।
कुनै समय मेडिकल रिप्रेजेन्टेटिभको काम गर्ने ट्याडिओ यात्रुहरुले आफुलाई मन पराएकोमा खुसी नै छिन् । उनी भन्छिन्,’मलाई धेरैले राम्रो भन्छन् । म यसमा खुसी नै छु ।’
उनका अनुसार कतिपय यात्रुहरु उनको गाडीमा चढेका बेला ट्राफिक जाम हुँदा आफुलाई भाग्यमानी महसुस गरेको प्रतिक्रिया समेत दिन्छन् ।
फोटो हेर्नुहोस् :
प्रतिक्रिया