को–स्टारले आजित बनाए, काजल अग्रवाललाई

को–स्टारले आजित बनाए, काजल अग्रवाललाई


केन्द्रबिन्दु डेस्क । १५ साउन, काठमाडौं ।

फिल्म छायांकनको दौरानमा अभिनेत्रीहरूले कहिलकाहीँ नराम्रो र अनपेक्षित व्यवहारको सामाना गर्नुपर्ने हुन्छ । अरूको के कुरा, फिल्ममा जोसँग स्क्रिन सेयर गर्ने हो उसले अभिनेत्रीमाथि त्यस्ता हर्कत गरेपछि के होला ?

अभिनेत्री काजल अग्रवालले पटक–पटक यस्तै दुव्र्यवहार सामना गर्नुपरेको छ ।

अघिल्लो वर्ष दक्षिण भारतीय फिल्मको फाइनल सेड्युलमा गीतको छायांकन चलिरहेको थियो । उनका को–स्टारले नृत्यकै क्रममा काजलको कम्मरमा हात राखेर जोडले दबाइदिए । काजलको मुखबाट अनायासै चित्कार निस्कियो । सहायक निर्देशकले को–स्टारको गलत मनशाय बुझे र तुरुन्तै उसलाई अलग गराए ।

अरूको के कुरा, चर्चित अभिनेता रणदीप हुड्डाले समेत काजलमाथि त्यस्तो व्यवहार गरेका छन् । फिल्म ‘दो लफ्जों की कहानी’ छायांकनको क्रममा हो । त्यसबेला उनको काजलसँग अन्तरंग दृश्य खिच्ने तयारी भइरहेको थियो । त्यही क्रममा रणदीपले अनपेक्षित ढंगले काजललाई चुम्बन गरे जबकि स्क्रिप्टमा त्यो दृश्य नै थिएन । अन्ततः काजलले उक्त दृश्य रोकेर छायांकन नै छाडेर हिँडिन् ।

फिल्म ‘पुली’ को अडियो सार्वजनिक गर्ने क्रममा काजल चेन्नाई पुगेकी थिइन् । त्यहाँ एक प्रशंसकले उनको काँधमा हात राख्ने कोसिस गरे । त्यसबेला पनि काजल नराम्ररी चिढिएकी थिइन् । उक्त घटनाको भिडियो मिडियामा समेत छाएको थियो ।

 

Logo