दन्त्यकथाझै जहाँ राजा नै माछा मार्छन्

दन्त्यकथाझै जहाँ राजा नै माछा मार्छन्


एन्टोनियो बेर्टोलियोनी ८३ वर्षका भए । उनको जीवनकथा दन्त्यकथाभन्दा फरक छैन । उनी कुनै समय माछा मार्ने काम गर्दथे । अहिले टाभोलाराको एउटै मात्र रेस्टुरेण्ट चलाउँछन् ।

चप्पल र सर्ट लगाएकै भरमा उनले पछिल्ला २२ वर्ष टाभोलारामा शासन गरे । उनी कुनै समाजवादी राजनीतिज्ञ होइनन, ५ स्क्वायर किलोमिटरमा फैलिएको यस राज्यका राजा हुन् ।

बेर्टोलियोनी टोनिनो नामले यस राज्यमा चिनिन्छन् । ‘ म सायद विश्वकै फरक राजा हुँ ,’ रेष्टुरेण्ट नजिकै बालुवामा खुट्टा राखेर टोनिनो भन्छन् । उनी माछा मार्न खप्पिस छन् । भन्छन्,‘ मलाई सित्तैको खाना मनपर्छ ।’

आफ्नै नेतृत्वमा नयाँ देश गठन गर्नु र त्यसको राजा हुनु धेरैका लागि सपना हुनसक्छ । तर यस्तै सपनालाई टाभोलाराका बराजु जीसेप्पी बर्टीलियोनीले १८०७ मा विपनामा परिणत गरेका थिए । जीसेप्पी यस टापूका पहिलो राजा हुन् ।

टाभोलारा द आइल्याण्ड अफ किङस् पुस्तकमा उनलाई हाफ सेफर्ड र अफ पिरेट भनेर वर्णन गरिएको छ । आप्रवासी जीसेप्पीले दुई दिदीबहिनीलाई नै बिहे गरेका थिए । उनी ति दुई दिदीबहिनलाई भगाएर लैजानका लागि गोप्य, तर स्वर्गझैँ देखिने ठाउँको खोजीमा भौतारिए ।

टेभोलारा उनका लागि उपयुक्त गन्तव्य थियो किनकी यहाँ दुलर्भ भेडा पाइन्थे । सुनौलो रंगको दाँत भएका यि बाख्राहरुलाई खाएर जीवन गुजारा गर्ने उद्धेश्यका साथ जीसेप्पीले यहाँ भेडागोठालोको काम थाले ।

सुनौलो रंगको दाँत भएका भेडाका विषयमा थाहा पाएपछि सार्डिनियाका तत्कालिन शासक कार्लो अल्र्बटो टेभोलारा घुम्न आतूर भए । शिकारका लागि १८३६ मा उनलाई जीसेप्पीका २४ वर्षका छोरा पाओलोले ल्याएका थिए । टाभोलारा पुग्नासाथ कार्लो अल्वर्टोले भने –‘ म कार्लो अल्वर्टो सार्डिनियाको राजा ।’ इतिहास प्रस्ट पार्दै टोनिनो भन्छन्–‘मेरा बराजुले पनि भनेछन् । म पाओलो टाभोलाराको राजा ।’

यतिबेलासम्म अल्र्बटोलाई टाभोलारा आफ्नो देश सार्डिनियाकै भाग हो भन्ने भ्रम थियो । थुप्रै भेडाहरु मारेर तीन दिनसम्म पाओलोले अल्र्बटोलाई अतिथी सत्कार गरे । फर्कने बेला प्रसन्न भएका अल्र्बटोले भनेका थिए–‘ पाओलो तिमी साँच्चै टाभोलाराका राजा हौ ।’ उनले जोक गरेका थिए या सही भने त्यसको विषयमा केही थाहा छैन् ।

तर सार्डिनिया फर्किएपछि अल्र्बटोले के बुझेभन्दा कहिल्यै टाभोलारा उनको राज्यको हिस्सा थिएन । त्यसपछि उनले आफ्नो दरबारबाटै प्रमाणपत्र पठाएर टोभोलारालाई स्वतन्त्र देश र पाओलोलाई राजाको हैसियत दिए ।

पाओलोले त्यसपछि राजतन्त्रको प्रतिक बनाए । त्यसलाई आफ्नो घरको भित्तामा तस्विर बनाएर टाँसे । उनले आफू र आफ्ना उत्तराधिकारीलाई जलाउन छुट्टै चिहानको व्यवस्था गरे । उनले शाही चिन्ह भएको रुख बनाए । उनको मृत्युपछि उनले राजकिय सम्मान पाए ।

त्यसपछि मेडिटेरानियन समून्द्र पछाडी रहेको यस आइल्याण्डले अहिलेसम्म आफ्नो सार्वभौमसत्ता जोगाइराख्न निकै संघर्ष गर्नुपरेको छ । सार्डिनियाका राजा जीसेप्पी गारीबाल्डिसँग मिलेर यस टापूले आफ्नो अस्तित्व जोगाउन खोज्यो । गारीबाल्डि शाही बेर्टोलियोनी परिवारका एक विश्वासिला सल्लाहकार समेत रहे ।

त्यसपछि भिट्टोरियो इम्यानूयल दोस्रोले १९०३ मा केवल ३३ परिवारको बसोबास रहेको यस टापूका राजासँग लिखित रुपमा शान्ति सम्झौता गरे । एकपटक बेलायती महारानी भिक्टोरिया विश्वभरका नेताहरुको तस्विर संकलन गर्ने काममा लागेकी थिइन् ।

यस टापूमा आइपुगेपछि उनले ब्रिटिस जलसेनालाई जहाज रोक्न भनिन् किनकी उनलाई टाभोलाराको दरबार र शाही परिवारको तस्विर लिनुथियो । वर्षौसम्म उनले लिएको तस्विर सुनौलो फ्रेममा बेलायतको बुकिङह्याम प्यालेसमा झुन्ड्याइयो । क्याप्सनमा लेखिएको थियो–‘विश्वकै सानो अधिराज्य ।’

अहिले त्यही तस्विरलाई धुलाएर टोनिनोले आफ्नो रेस्टुरेण्टमा झुण्ड्याएका छन् । यस तस्विरसँगै राजा पाओलो प्रथमको शाही निशानीलाई सजाएर राखिएको छ ।
स्थापनाको १ सय २६ वर्षपछि १९६२ मा नाटोले यस क्षेत्रमा आफ्नो स्टेशन खडा गर्‍यो । राज्यको स्वतन्त्रता गुम्यो ।

राज्यको एक चौथाई जनसंख्यामात्रै यहाँ बस्न थाल्यो , बाँकीले बसाई सरे । सान मारिनोजस्तै टाभोलेरा पनि कहिल्यै औपचारिक रुपमा इटलिमा गाभिएन, टोनिनो यस राज्यका पाँचौ राजा हुन् । तर अहिले विश्व समूदायले यो राज्यलाई औपचारिकता दिदैँन ।

अहिले टोनिनो माछा मारेर बस्छन् । उनी फूर्सदको समय आफ्नो बंगला तथा बगैँचामा बिताउँछन् । बाँकी समय यहाँ रहेका ११ घर–परिवारसँगै १ सय भेडा तथा अन्य केही प्रजातीका जीवजन्तुको संरक्षणमा लाग्छन् ।

पछिल्लो ४० वर्षदेखी टोनिनाले यहाँ घुम्न आउनेहरुलाई आफ्नो दरबारमा लैजाने गरेका छन् । साओपावलो बन्दरगाहमा टोनिनोले नै सञ्चालन गरेको डुङगाबाट केवल २५ मिनेटमा यो दरबार पुग्न सकिन्छ । ‘मेरो परिवारको विरासत राम्रो हुनसक्छ । तर हामी मेहिनत गर्छौ र सामान्य जीवन जिउँछौ । सर्वसाधारणजस्तै ।’– सानो स्वरमा टोनिनो भन्छन् ।

यो राज्य चलाउनु भनेको परिवार चलाउनुजस्तै छ किनकी राज्यमा निकै थोरै मानिस छन् । उनका भतिज निकोला र राजकुमार जीसेप्पी तथा राजकुमारी लोरेडानाले यहाँ बीचसाईड रेस्टुरेण्ट चलाएका छन् ।

जीसेप्पीका भतिज एन्टोनियो बिहानै उठ्छने र माछा मार्न जान्छन् । पर्यटनबाट अहिले यो अधिराज्यले आफ्नो जिडिपी बढाएको छ । अहिले टाभोलारालाई इटलियन जलसेनाले हेर्छ । यसै कारण इटलिनहरुका लागि यो एउटा राम्रो पर्यटकिय गन्तव्य बनेको छ ।

टोनिनो अतिथीहरुलाई सत्कार गर्नमा रमाइलो मान्छन् । उनका पुर्खाहरुले गर्दै आएको पुजापाठलाई उनले निरन्तरता दिएका छन् । उनी सूर्यको आराधना गर्छन् । टोनिनोकी श्रीमती रानी पोम्पियाको केही वर्षअघि नै निधन भइसकेको छ । ‘ म उनलाई प्लास्टिकको फूल उपहार दिन्थे । यदी साँच्चिकै फूल उपहार दिएमा भेडाले खाएर सक्ने थिएँ ।’– टोनिनो भन्छन् ।

टोनिनो राजा भएपनि उनीसँग इटालियन नागरिकता छ । उनले एकपटक भिट्टोरियो इम्यानूयल चौथो अर्थात इटलिका अन्तिम राजाका छोरासँग टाभोलाराको राज्यलाई वैधानिकता दिन अपिल गरेका थिए । तर त्यसपछि उनले मन परिवर्तन गरिसकेका छन् ।

‘मेरा लागि यहाँ बस्न पाउनु नै ठूलो हो । जब तपाईले दरबार नै पाउनु भएको छ भने तपाईलाई श्रीपेच किन चाहियो ?’– टाभोलाराको सुन्दरताको वर्णन गर्दै टोनिनो भन्छन् ।

बीबीसी ट्राभलबाट

Logo