पाल्पा रामपुर– १ र १० मा एमालेको समूह विजयी

पाल्पा रामपुर– १ र १० मा एमालेको समूह विजयी


केन्द्रबिन्दु डेस्क । रामपुर (पाल्पा), १६ असार ।

रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ ।

वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै वडा नं १० मा पनि वडाध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार लीलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी हुनभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज पाठकले ८४३ मत ल्याउनुभएको छ ।

रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । बिहीबार साँझपखबाट मतगणना सुरु भएको रामपुर नगरपालिकामा– ८ वटा वडाको मतगणना बाँकी रहेको राससले जनाएको छ ।

Logo