गडबडीका वीच १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक  मिस नेपाल– २०१७ घोषित भएकी छन् । "/>

गडबडीका वीच निकिता चन्दकलाई मिस नेपालको ताज

गडबडीका वीच निकिता चन्दकलाई मिस नेपालको ताज


केन्द्रबिन्दु संवाददाता । १९ जेठ २०७४ काठमाडौं ।

 

गडबडीका वीच १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक  मिस नेपाल– २०१७ घोषित भएकी छन् । चन्दलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्राएकी थिइन् ।
शुक्रबार साँझ सम्पन्न कार्यक्रममा उनी मीस नेपाल घोषित भएकी हुन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वल्र्डमा प्रतिस्पर्धा गर्नेछिन् ।

यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन नीति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन् ।

पत्रकार महासंघका सचिव ध्रुव लम्सालका अनुसार यस पटकको मीस नेपालमा पनि गडबडी भएको देखियो । लम्सालले भने – ‘मूख्य प्रश्न तीन–तीन पटकसम्म नबुझ्नेलाई मीस नेपाल बनाउनु भनेको गड्बडी नै हो ।’ उनका अनुसार वाहिरी सुन्दरताको हिसावमा समेत उनी अन्य स्पर्धीको तुलनामा धेरै पछि छन् ।

Logo