नेकपा ओली समूहको जनप्रदर्शनमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

नेकपा ओली समूहको जनप्रदर्शनमा शीर्ष नेताहरुले सम्बोधन गर्ने


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंको दरबारमार्ग स्थित नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा कार्यक्रम तय गरिएको छ ।  

आज आयोजना गर्ने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । उनीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले पनि सम्बोधन गर्ने बताइएको छ । जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने आयोजकले जानकारी दिएको छ ।  

प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना गरिएको बताइएको छ ।  

जनसभा शुरु हुनुभन्दा अघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकु, वसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिएको छ ।

Skip This
Logo