राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली आज शितल निवास पुगेका छन् । आज आगामी निर्वाचनबारे गतिविधि बुझ्न निर्वाचन आयोग कान्तिपथ पुगेका ओली त्यहाँबाट राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए ।
आजै निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी दिएको थियो ।
सो क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन आयोगलाई सुझाव दिएका थिए ।
प्रकाशित: २७ माघ २०७७ १६:१८ मंगलबार