टाईगर कप क्लब भलिबल च्याम्पियन्सीपमा डायमन्ड एकेडेमीको जित

टाईगर कप क्लब भलिबल च्याम्पियन्सीपमा डायमन्ड एकेडेमीको जित


एपिएफलाई हराउँदै नेपाल पुलिसले पोखरामा आजबाट सुरु भएको टाईगर कप क्लब च्याम्पियन्सीपमा सुखद सुरुवात गर्दा होङ्वान्जी न्यु डायमन्ड एकेडेमीले त्रिभुवन आर्मीमाथि संघर्षपूर्ण जित निकालेका छ ।  

मंगलबार बिहानको पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुँदा पुलिसले २६–२४ ले बाजी मारेको थियो । दोस्रो सेटपछि नेपाल पुलिसले अग्रता लिँदै २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफविरुद्ध जित नजिक पुगेको थियो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसले २५–११ को सेटमा पराजित गर्दै क्लब च्याम्पियनसिपमा आफनो सुखद सुरुवात गर्यो ।

दिनको दोस्रो खेलमा नेपाल आर्मीले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्दै जितको सम्भावना देखाए पनि अन्ततः न्यू डायमण्ड एकेडेमीले पाँचौ सेटसम्मको खेलमा स्कोर निकाल्दा नसक्दा पराजित हुन पुगेको हो ।  पहिलो सेट न्यू डायमण्डले २५–१२ मा लिँदै आर्मीमाथि हावी हुने संकेत देखायो । तर दोस्रो सेटमा भने आर्मीले लय समात्यो । २२–२५ को अवस्थामा डायमण्डले आर्मीलाई सेट सुम्पिँदै बराबरीमा रह्यो । १–१ सेट लिएको अवस्थामा तेस्रो सेट प्रतिस्पर्धात्मक बन्ने अपेक्षा थियो ।  

डायमण्ड एकेडेमीले आर्मीमाथि दबाव सृजना गर्दै २५–१८ मा सेट लिँदै सेटमा आग्रता बनाउन पुग्यो । चौथो सेट भने आर्मीले आफनो पक्षमा पार्दै निर्णायक सेटसम्म खेल धकेलिएको थियो । २५–२७ मा डायमण्डले गुमाउँदै आर्मीसँग निर्णायक सेटसम्म कुर्नुपर्यो । तर अन्तिम सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । १५–१३ ले लिदैं आर्मीमाथि डायमण्डले जित दर्ता गर्दै क्लब च्याम्पियनसिपमा गतिलो सुरुवात गर्यो ।

टाईगर कप क्लब च्याम्पियनसिपमा मंगलबार पुरुषतर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा आयोजित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । पहिलो सेट २७–२५ को स्थिति पुर्याउँदै प्रतिस्पर्धामा गरेको गण्डकी प्रदेश दोस्रो र तेस्रो सेटमा निरिह देखियो । दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–२२ ले गुमाउँदै गण्डकी प्रदेशले उद्घाटन खेल पुलिसलाई सुम्पिन बाध्य बन्यो ।

Logo