१३ मंसिर २०७८ सोमबार

निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।  

बिहिबार काठमाडौँमा आयोजित विरोधसभालाई सम्बोधन गर्दे उनले आयोगमा गएर म नै हो पहिलो अध्यक्ष भन्दै आयोगलाई अन्यथा निर्णय नगर्न धम्की दिएको प्रसंग उल्लेख गर्दै त्यसो नगर्न आग्रह गरेका हुन् । मन्त्रीहरुको अधिकार सबै खोसेर आफ्नो हातमा लिएको प्रधानमन्त्रीले त्यही हैसियतमा संवैधानिक र स्वतन्त्र आयोगहरुलाई थर्काउने काम गरेको भन्दै उनले त्यसो नगर्न खबरदारी गरे । निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरी विद्यमान कानून र विधानअनुसार निर्णय गर्न पनि उनले आग्रह गरे ।

निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले कुनै पनि हस्तक्षेप गर्न नपाउने भन्दै उनले ओलीको आदेशभन्दा नियम कानूनअनुसार निर्णयमा पुग्न सुझाए । उनले आफूहरु लगायत नागरिक समाज स्वतन्त्र निर्णय गर्ने संवैधानिक निकायको पक्षमा रहेको भन्दै निर्धक्क भएर निर्णय गर्न आयोगलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित: २८ माघ २०७७ १९:०७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी