महिला लघुवित्तको आईपिओ आजदेखि खुल्ला, फागुन ५ गतेसम्म आवेदन दिन सकिने

महिला लघुवित्तको आईपिओ आजदेखि खुल्ला, फागुन ५ गतेसम्म आवेदन दिन सकिने


महिला लघुवित्तले आजदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।  

आईपिओको लागि आवेदन न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि दिन सकिनेछ । कम्पनीको आईपिओमा फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले शेयर निष्काशनका लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्तापूँजी १० करोड पुग्नेछ । कम्पनीले आईपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ ।

Logo