नेकपाको प्रचण्ड-नेपाल समूहले भोलि जनयुद्ध दिवस मनाउने

नेकपाको प्रचण्ड-नेपाल समूहले भोलि जनयुद्ध दिवस मनाउने


नेकपाको प्रचण्ड-नेपाल समूहले भोलि फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध ०५२ साल फागुन १ गते सुरु भएको सन्दर्भमा भोलि जनयुद्ध दिवस मनाउन लागेको हो । हरेक वर्ष नेकपाले यस दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

जनयुद्ध दिवस भव्यताका साथ मनाउनका लागि समूहले पार्टीका जिल्ला कमिटीहरुलाई सर्कुलर नै जारी गरेको छ।

यस्तै  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसलाई मनाउने भएको छ।

यता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस नमनाउने भएको छ ।

Logo