1
1
1

विप्लव नेकपाको कब्जामा सुमार्गीको २५ रोपनी जग्गा

1
1

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गीको नाममा रहेको २५ रोपनी जग्गा कब्जा गरेको छ ।

सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लिले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा नेकपाले कब्जा गरेको नेकपा निकट इ-रातोखबर अनलाइनले जनाएको छ  ।

पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गीले आफ्नो नाममा गरेको नेकपा कास्कीले बताएको छ । मुक्तिश्री प्रालिले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउदा जग्गा विवादित बनेको हो । पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।

विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी, लेखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनै पनि प्रयोजनमा सहभागि नहु्न समेत आग्रह गरेको छ ।

प्रकाशित: ९ चैत २०७५ १६:२९ शनिबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी