‘सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृह मन्त्रालय संवेदनशील छ’ : गृहमन्त्री

‘सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृह मन्त्रालय संवेदनशील छ’ : गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय नेपालमा हुने सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सधैं संवेदनशील रहेको बताएका छन् ।

गृहमन्त्री थापाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त प्रहरीले सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै यस्तो बताएका हुन् । गृहमन्त्री थापाले हत्यामा संग्लन अभियुक्त कानूनी कारवाहीको दायरामा आएको भन्दै निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् ।

उनले यस्ता सबैप्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृह मन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताएका छन् ।

Logo