प्रतिनिधिसभा विघटन : सर्वोच्चमा बहस त सकियो तर निर्णय कहिले ?

प्रतिनिधिसभा विघटन : सर्वोच्चमा बहस त सकियो तर निर्णय कहिले ?


सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस आजदेखि सकिएको छ । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएसँगै बहस सकिएको हो । 

एमिकस क्युरीमा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । यस्तै नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् ।

यससँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन १० गतेसम्म बहस नोट उपलब्ध गराउन आदेश गरेका छन् । तर निर्णय सुनाउने मिति भने तोकिएको छैन । 

Logo