बैसाखमा कुनै हालतमा चुनाव हुँदैन : पौडेल

बैसाखमा कुनै हालतमा चुनाव हुँदैन : पौडेल


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने दाबी गरेका छन् । 

पौडेलले घोषित मितिमा चुनाव नहुने स्थिति रहेकाले त्यसपछिको शासनसत्ता कसको हातमा हुने भन्दै प्रश्न गरे- 'हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो । शेरबहादुर देउवाले विघटन गरेको संसदलाई  आन्दोलनबाट फर्काएको हो नि । फेरि इतिहास नदोहारिओस २०६२/६३ को जस्तो,' पौडेलले भने, 'अदालतले संसद विघटनलाई सदर गरोस अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस। यो चुनाव त हुनेवाला छैन। बैशाखको २७ गतेपछि शासनको अथोअिधिकार को संग हुन्छ?'

पौडेलको थप प्रश्न थियो, 'चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार को सँग हुन्छ ?' 

यस्तो कठिन परिस्थितिमा काँग्रेस रमिते भएर बस्न नहुने उनले बताए-'यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुदैछ । मेरो पार्टीका नेताहरूसँग यहीँ आग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा कांग्रेस रमिते बन्न हुँदैन।'

शुक्रवार धरान उपमहानगरपालिकामा रहेको वीपी पार्कमा निर्मित वीपी कोइरालाको पूर्ण कदको शालिक अनावरण गर्दै उनले यस्तो बताएका हुन्।

Logo