बाबुराम भट्टराई उपचारका लागि आज दिल्ली जाँदै 

बाबुराम भट्टराई उपचारका लागि आज दिल्ली जाँदै 


पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज भारतको नयाँ दिल्ली जाँदैछन् । उनी नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस'मा जान लागेका हुन् । पेटमा समस्या देखिएपछि यसअघि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुने जनाइएको छ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहने छन् ।

Skip This
Logo