मुख्यमन्त्रीद्वारा बैठक स्थगित गर्न दबाब: सभामुखले गरे अस्वीकार

मुख्यमन्त्रीद्वारा बैठक स्थगित गर्न दबाब: सभामुखले गरे अस्वीकार


प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न मुख्यमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् ।

प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ । बैठक बस्नुअघि आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने बताएका थिए । सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने बताएका थिए ।

आइतबार अविश्वासको बैठकमा टेबुल गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । यसअघि २५ माघमा अविश्वास्को प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सरकार पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएका थियो । आइतबारको बैठक पनि अवरुद्ध गर्ने ओली समूहले तयारी गरेको छ ।

Logo