राजनीति प्रदेश १

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छः कमल थापा

15 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

मिडिया नेपालद्वारा आज  दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न  राजनीतिक दलसंग आग्रह गरे । 

उनले भने, “ निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ  । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ ।  ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ  ।” नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो ।  उनले संसद् विघटनसम्बन्धी  सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने बताए । 

प्रकाशित: ९ फाल्गुन २०७७ १४:०१ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी