औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज कञ्चनपुर जाने

औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज कञ्चनपुर जाने


प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाने भएका हुन्। 

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि यस अघि पटक पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको हो ।

सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री कञ्चनपुर जना लागेका हुन् । 

०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको पालामा त्यहाँ औद्योगिक क्षेत्र थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो । 

Logo