२० असार २०७९ सोमबार
1
1
1
1

२४ घण्टाभित्र विप्लवका २१ नेता कार्यकर्ता पक्राउ

1
1
1
1

प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले सोमबार र मंगलबार गरि २४ घण्टाभित्र विप्लवका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेका हुन्।

मंगलबार साँझ अछामको रामारोशन गाउँपालिकाको झाता गाउँमा दोहोरो भिडन्त समेत भयो । भिडन्तका क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ ।  प्रहरीले विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामीलाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भीडन्त भएको र आफ्नो तर्फबाट सात राउण्ड फायर भएको बताएको छ ।

मंगलबार मात्रै मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की, चितवन, अछाम, तनहुँ, नवलपुर, संखुवासभा, भोजपुर र नवलपरासीबाट विप्लवका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन्। यस्तै गरि सप्तरीका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव पक्राउ परेका छन् । त्यस्तै गरि प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई पक्राउ गरेको छ । प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङलाई पक्राउ गरेको छ  ।

तमुवान जनपरिषदका संयोजक किसानसिंह गुरुङलाई प्रहरीले गलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ गरेको छ । यस्तै, नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि पक्राउ परेका छन् । उनीहरुलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उता संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई पनि पक्राउ परेका छन् । त्यस्तै सुनसरीको इटहरी हलगडाबाट रमेश खडकालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलबार नै पक्राउ परेका छन् ।

त्यस्तै गरेर साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङ, टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष  हुन् भने सञ्जय र महेन्द्र जिल्ला सदस्य हुन् ।

प्रकाशित: १३ चैत २०७५ १०:४७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी