राजनीति वाग्मती

संसद पुनस्थापनाले रोग हराएझैं भएको छः बाबुराम भट्टराई

15 Shares

पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसद पुनःस्थापनाले आफ्नो सम्पूर्ण रोग हराएझैं अनुभूत भएको बताएका छन् । 

भारतको नयाँदिल्लीमा पेटको समस्याबाट उपचाररत भट्टराईले ट्वीट गर्दै सर्वाेच्च अदालतको फैसला नआउन्जेल संसद पुनःस्थापना नहोला भन्ने चिन्ताले सताएको बताएका हुन् । उनले भनेका छन्, “हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !”

प्रकाशित: ११ फाल्गुन २०७७ १८:४३ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी