जलहरी अनावरण गरेर राष्ट्रपति कार्यालय नपुग्दै सर्वाेच्चले उल्ट्याइदियो निर्णय

जलहरी अनावरण गरेर राष्ट्रपति कार्यालय नपुग्दै सर्वाेच्चले उल्ट्याइदियो निर्णय


पशुपतिमा जलहरी अनावरण गरेर राष्ट्रपति आफ्नो कार्यालयमा नपुग्दै सर्वोच्च अदालतले बुधबार पशुपतिमा सुनको जलहरी नराख्न अन्तरिम आदेश जारी गरेको छ।

चाँदीको जलहरी विस्थापित गरेर सरकारले सुनको जलहरी राखेपछि सर्वोच्चले अधिवक्ता निकिता ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै जलहरी नराख्न आदेश दिएको हो।

रिट निवेदक र सरकार दुवैलाई छलफलका लागि फागुन १७ गते उपस्थित हुन आदेश दिँदै सर्वोच्चले त्यस दिनसम्मका लागि सुनको जलहरी नराख्न न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले आदेश दिएको छ ।

तर सर्वोच्चको आदेश आउनुअघि नै भण्डारीले पशुपतिनाथमा जहलहरी राखेकी छिन्।

Skip This
Logo