‘मेरा केही भाइहरुले लड्डु खुवाई-खुवाई गरे रे’ : प्रधानमन्त्री ओली

‘मेरा केही भाइहरुले लड्डु खुवाई-खुवाई गरे रे’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरु भनि टिप्पणी गरेका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरुलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले हिजो चितवनमा ‘मुह मिठा’ गरेको टिप्पणी गरेका हुन् । 

सर्वोच्चको फैसलापछि बुधबार दिउसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्यरुपमा लिएको बताए । उनले भने,  ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरुले लड्डु खुवाई खुवाई गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौं भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन् अब हेर्नुछ ।’

प्रधानमन्त्री ओलीले जीत भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताए । तर आफूलाई त्यता तर्फ कुनै चिन्ता नभएको बताए । उनले भने,  ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुन सक्छ न इमान्दार हुन सक्छ ।’ प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दावी समेत गरे । 

Logo