आज कांग्रेस पदाधिकारी बैठक बस्दै

आज कांग्रेस पदाधिकारी बैठक बस्दै


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज तीन बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड(माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

Logo