कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने 

कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने 


नेपाली कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको हो ।

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्न सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका थिए ।

उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी थिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड माधव समूहको प्रस्ताव लगायत विषयमा छलफल भएको थियो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ । 

नयाँ सत्ता समीकरणका लागि बुधबार नेकपाको प्रचण्ड नेपाल समूहले सभापति देउवालाई भेट गरेका थिए । उनीहरुले नेकपासँग सहकार्य गर्न प्रस्ताव गरेपछि देउवाले आज पदाधिकारी बैठक बोलाएका थिए । 

Logo