कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो।

शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । त्यस लगत्तै उनलाई राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो  । उनको अहिले नर्भिकको आइसियूमा उपचार भइरहेको छ। 

चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएपछि केहीबेर अघि अप्रेसन भएको उनका सहयोगी सुशान्त आचार्यले केन्द्रबिन्दुलाई बताए। उनको अवस्था सुधारोन्मुख नै रहेको पनि आचार्यले जानकारी दिए ।

गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका जोशी पूर्वउद्योगमन्त्री हुन् । 

Skip This
Logo