नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन सफलता पूर्वक सकिएको छ ।
जोशीका सहयोगी शुशान्त आचार्यका अनुसार अप्रेसनपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखिएको छ। जोशीलाई गए राति मस्तिष्कघात भएको हो।
शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । त्यस लगत्तै उनलाई राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएपछि आज बिहान शल्यक्रिया भएको उनका सहयोगी सुशान्त आचार्यले केन्द्रबिन्दुलाई बताए । उनको अवस्था सुधारोन्मुख नै रहेको भए पनि केही दिन अस्पतालमै राख्नु पर्ने चिकित्सकहरुले बताएको आचार्यले जानकारी दिए ।
गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका जोशी पूर्वउद्योगमन्त्री हुन् ।
प्रतिक्रिया