कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार, शरीरको दायाँ भाग चल्न थाल्यो

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार, शरीरको दायाँ भाग चल्न थाल्यो


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ ।  

उनको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबारको तुलनामा जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त भने भएको छैन । झा का अनुसार जोशीको शरीरको दायाँ भाग चल्न थालेको छ । 

उनलाई विहिबार राति मस्तिस्कघात भएपछि वीर अस्पताल लगिएको थियो । त्यस लगत्तै उनलाई राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। 

चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएपछि शुक्रबार बिहान शल्यक्रिया भएको उनका सहयोगी सुशान्त आचार्यले केन्द्रबिन्दुलाई बताए । 

गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका जोशी पूर्वउद्योगमन्त्री हुन् ।

Logo