अविश्वासकाे प्रस्ताव पारित नहुने भएपछि प्रधानमन्त्रीकाे राजीनामा मागियो : नेम्वाङ

अविश्वासकाे प्रस्ताव पारित नहुने भएपछि प्रधानमन्त्रीकाे राजीनामा मागियो : नेम्वाङ


नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था नरहेकाे कारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको दाबी गरेका छन् । 

ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले भने, ‘मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरू चुइँ बोल्नुहुन्न । किन नबोलेको भन्दा एउटा त अविश्वासको प्रस्तावको सदस्य संख्या ठीक होइन । अरु बेलाका लागि भनेर गरिएको हस्ताक्षर प्रयोग भयो भनेर प्रश्न उठकै हो’ उनले थपे, ‘अर्कोतिर उहाँ कुद्दै कहाँ जानुभयो रे ! त्यो ठाउँबाट तिमीहरूको आन्तरिक मामिलामा हामी किन पर्ने भन्दा अविश्वासको प्रस्तावको विजोग मात्र होइन, हरिबिजोग ।’

उनले संसद पुन:स्थापनापनापछि प्रधानमन्त्री ओली झन बलियो भएको दाबी समेत गरे,‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनस्थापित भयो, उहाँ झन दह्रो हुनुभयो ।’

Logo