प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाने

प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाने


प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । 

ओली आज बिहान झापा पुगेर दिनभर जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् । यसैक्रममा केही विकास आयोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । जिल्लाका कार्यक्रममा सहभागी भएर उनी बेलुका काठमाडौं फर्कने बताइएको छ ।

गत पुस ५ गते संसद विघटन गरे यता अहिलेसम्म उनी देश दौडाहामै छन् । यस अघि ओलीले विराटनगर, लुम्बिनी, धनगढी, कञ्चनपुर, जनकपुर लगायतका कार्यक्रमहरुमा सहभागिता जनाइसकेका छन् । 

यद्यपी फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेको छ , तैपनि प्रधानमन्त्रीको दौडधुप कम भएको छैन । यसकै निरन्तरता दिन उनी आज झापा जान लागेका हुन् । 

Logo