‘पिंडुला देखाएकै भरमा सांसद दिएका भए मन्त्री चाहिँ किन नदिएका रहेछन् रघु जी ?’

‘पिंडुला देखाएकै भरमा सांसद दिएका भए मन्त्री चाहिँ किन नदिएका रहेछन् रघु जी ?’


पछिल्लो चरणमा  प्रचण्ड-नेपाल समूहका नेता रघुजी  पन्तले दिएकाे अभिव्यक्ति लिएर राष्ट्रिय सभा सदस्य काेमल ओलीले पन्तको कडा आलोचना गरेकी छन् । 

ओलीले भनेकी छन्, 'तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ ?’

कोमलले स्टाटसान लेखेकी छन्,   `पूर्वीय दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसीमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसातिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाई सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ ।उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको जस्तो छ । उहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेकहीन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?´

यसअघि पन्तले भनेकाे थिए. ‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रिय सभाको सदस्य हुन पाएका छन् न केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’

Logo