‘पिंडुला देखाएकै भरमा सांसद पद दिएका भए मन्त्री चाहिं किन नदिएका रैछन् रघुजी ?’ : कोमल वली

‘पिंडुला देखाएकै भरमा सांसद पद दिएका भए मन्त्री चाहिं किन नदिएका रैछन् रघुजी ?’ : कोमल वली


राष्ट्रिय सभामा नेकपा कि सांसद कोमल वलीले प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तलाई पिंडुला देखाएकै भरमा सांसद पद दिएका भए मन्त्री चाहिं किन नदिएका रैछन् रघुजी ? भन्दै प्रश्न गरेकी छिन् । 

केही दिन अघि पन्तले कोमल वलीलाई उनको पिंडुला देखेर केपी ओलीले सांसद बनाएका भन्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफ दिंदै वलीले यस्तो प्रश्न गरेकी हुन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै उनले पन्तको सोच दरिद्र किसिमको रहेको पनि आरोप लगाएकी छिन् । एक अर्काको सम्मान गर्न नसक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने वलीको भनाइ थियो ।

वलीले के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हाशिल गर्न तपाईंको जस्तो दरिद्र सोचको शिकार हुनु पर्छ ? भन्दै पन्तलाई प्रश्न पनि गरेकी छिन् । 

यसै सम्बन्धमा वलीले सामाजिक संजालमा स्टाटस पनि लेखेकी छिन् । 

हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न,  तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनु पर्छ ?

यस्तै एक अर्काको सम्मान गर्न नसक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने वलीको भनाइ छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । यसमा समानता जरुरी छ । एकअर्काको आदर सम्मान बिना समाजमा न्याय समानता र विवेकशीलताको अन्त्य हुन्छ । वलीले भनेकी छिन् ।

पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त्य हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाई सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो  छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।  विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता  व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?

नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर पाएको भन्ने अभिव्यक्ति दिएपछि वलीले पन्तमाथि आक्रोस पोखेकी हुन् । 

Logo