कोमल ओलीसँग रघुजी पन्तले मागे माफी

कोमल ओलीसँग रघुजी पन्तले मागे माफी


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड पक्षका नेता रघुजी पन्तले ओली पक्षकी नेतृ कोमल ओलीसँग माफी मागेका छन् ।

उनले राजधानीमा शनिबार आयोजित कार्यकर्ता भेलामा पन्तले ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेका थिए।

उनको खण्डन गर्दै ओलीले आज (आइतबार) फेसबुकमा स्ट्याटस लेख्दै उनीसँग कुनै व्यक्तिगत दुश्मनी नभएको तर यस्तो टिप्पणीले आफूलाई आघात पुगेको बताएकी थिइन् । पन्तले भने आफ्नो आशय कोमल वलीलाई चोट पुर्‍याउने नभएको बताएका छन्।

‘मेरा शब्दले उहाँलाई चोट पुर्‍याएको छ भने म साँच्चै दुस्खी छु। यो मेरो मनैदेखिको दुःख व्यक्त गराइ हो। सरी, मेरो आशय त्यस्तो थिएन’, पन्तले भने, ‘मैले सन्दर्भवश उहाँको गीतलाई जोड्न खोजेको थिएँ। शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुखित छु।’

पन्तले आफू महिला समानताका लागि सधैं आवाज उठाउने गरेको बताएका छन्।

Logo