‘मलाई कसैले आक्रमण गर्यो भने पनि अन्यथा नमान्नु होला’ : प्रधानमन्त्री ओली

‘मलाई कसैले आक्रमण गर्यो भने पनि अन्यथा नमान्नु होला’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफूलाई आक्रमण गरे भने पनि त्यसलाई अनौठो नमान्न आग्रह गरेका छन् । सरकारले गरेका राम्रा काम गर्नेहरुले कुनै पनि बेला आफूमाथि आक्रमण गर्न सक्ने भएकाले यदि कुनै दिन कसैले आफूलाई आक्रमण गरे भने पनि त्यसलाई अनौठो नमान्न उनले आग्रह गरेका हुन् । 

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले राखेको राष्ट्रिय संकल्पलाई मन नपराउनेहरुले गर्दा अहिलेको परिस्थिती उब्जिएको ओलीले बताए । सरकारले विकास निर्माणका कामहरुलाई द्रुतगतिमा अघि बढाएको बताउँदै ओलीले गरौं भने जे पनि हुने रहेछ भन्ने आफूले अनुभव गरेको पनि बताए । 

कुनै समय वर्षमा १० किलोमिटर सडक बन्ने गरेको थियो, अहिले दिनको ५.६ किलोमिटर कालोपत्रे सडक निर्माण हुने गरेको छ । प्रधानमन्त्री ओलीले विरोधीहरु सरकारका राम्रा काम देखेर उनीहरुले आफूमाथि आक्रमण गरेको बताए । 

बरु प्रमुख प्रतिपक्षी दलले सरकारलाई सहयोग गरेको तर आफ्नै नेताहरुले काम गर्न नदिएको ओलीले बताए । पार्टी र सरकार अहिले ठीक ढंगले अघि बढेको पनि ओलीले बताए । 

Logo