विदेशी शक्तिमार्फत आफूमाथि आक्रमण भएको प्रधानमन्त्रीको दाबी

विदेशी शक्तिमार्फत आफूमाथि आक्रमण भएको प्रधानमन्त्रीको दाबी


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भइरहेको दाबी गरेका छन् । सोमबार गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 

देश बिगारेर अरुका लागि कम्फर्टेबल सरकार बनाउने खेलमा प्रचण्ड माधव समूह लागेको उनको आरोप छ । उनले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती समेत दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड-माधव समूहलाई उनले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौती दिएका थिए । 

उनले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैंले संसदीय दलको बैठक बोलाइदिने जिकिर गरे । एउटै पार्टीमा भएर पनि अघिल्लोपटक माधव नेपाल र झलनाथ खनालले प्रचण्डलाई उकासेको आरोप उनकाे छ ।

अदालतको फैसलापछि देश फेरि अन्यौलतामा फसेको दाबी गर्दै उनले राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी विचलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाए । सरकारले ठिक र प्रभावकारी ढंगले काम गरिरेकाले विकासको कामले गति लिन थालेपछि आफूमाथि प्रहार गर्ने काम भएको दाबी उनको छ । 

Logo