सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, के के भयो छलफल ?

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, के के भयो छलफल ?


नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान बालुवाटारमा भएको वार्ता केही बेर अघि सकिएको हो । 

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए । 

यता विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ सहभागी थिए ।  वार्ता बिहान ७ बजेदेखि शुरु भएको थियो । आजको वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताइएको छ । 

सरकारले मंगलबार मात्र गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति बनाएको थियो । त्यस लगत्तै विप्लव समूहले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । 

Logo