धर्मेन्द्रसहित विप्लवका केही नेताहरू भोलि छुट्ने

धर्मेन्द्रसहित विप्लवका केही नेताहरू भोलि छुट्ने


गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा भएको वार्ता तीनबुँदे सहमतिमा रुपान्तरण भएसँगै बिहीबार मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

सरकारले काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बाँस्तोलालाई  शुक्रबार रिहा गर्ने तयारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको, र अन्यको हकमा सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।  

प्रहरीका अनुसार प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना हिरासतमा छन् ।

Logo