‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफ्नाे त १४ वर्ष’: प्रधानमन्त्री (भिडियाेसहित)

‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफ्नाे त १४ वर्ष’: प्रधानमन्त्री (भिडियाेसहित)


प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई इंकित गर्दै उनीहरुले थोरै जेल जीवन बिताएको तर आफूले १४ वर्ष जेल जीवन बिताएको बताएका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सँगै नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओलीले सहमतिसँगै अब नेपालमा हिंसात्मक द्वन्द छैन भन्ने संदेश दिएको बताए । उनले अघिल्लो वर्ष सिके राउतसँग भएको सहमति स्मरण गर्दै शान्तिपूर्ण युग प्रवेशको अन्तिम किस्ताको रुपमा विप्लवसँगको सहमति भएको प्रष्ट पारे । राष्ट्रिय राजनीतिको मुलधारमा प्रवेश गरेको बधाई तथा धन्यवाद दिँदै उनले यो राजनीतिमा विप्लव सफल हुने विश्वास आफूले लिएको बताए ।

आफ्ना कार्यकर्तालाई पूर्व निर्धारित कार्यदिशा र बाटोबाट मोड्न सफल भएकोमा पनि उनले विप्लवको प्रसंसा गरे । समृद्ध नेपाल सुखी नेपाली बनाउने सपनालाई पुरा गर्न अझै प्रवल सम्भावनाहरुको बाटोमा विप्लबले योगदान पुर्‍याउने विश्वास उनको छ । सहमतिमा उल्लेखित ३ बुँदा नै सहमतिका लागि पर्याप्त भएको पनि उनको दाबी छ ।

Skip This
Logo